Oct 21, 2009

बलिहाङको कथा र तिहार यमपन्चकलाई कसरी हेर्ने ?

मेरो जन्म पूर्वी लिम्बूवानको फेदापथुममा भएको थियो । लिम्बूवानबस्ती भएकोले दशैँतिहारको रौनक त्यति हुन्नथ्यो । स्कुल विदा हुन्थ्यो पुूलहरु फुल्थे । त्यसैबेला दशैतिहार आउथ्यौ वर्षदिनमा एकपटक कपडा फेर्नपर्नेले फेरिन्थ्यो नहुनेले पुरानैले काम चलाएर पिङ खेल्न गइन्थ्यो । यो अवधिमा नजिकबाट बुझ्न सकिएको भने नै पिङ हो । अरु त कसरी जमरा राख्ने कसरी दुर्गाभवानीको पूजा गर्ने हामीलाई कुनै हेक्का हुन्नथ्यो । हुनपनि लिम्बूवानमा पछिबाट जबरजस्ती थोपरिएको संस्कृतिको कारण र सरकारी तवरबाट जबरजस्ती लामो विदाको कारण हामीले मान्नपर्ने अवस्था सिर्जना भएको मात्र हो ।
मलेसियामा रहँदा पनि धेरैजसो नेपाली समुदायसँग नजिक रहेको कारण दशैँतिहारसँग पनि नजिक हुने त भइहालियो नै । निमन्त्रणा आएको ठाउँमा सहिष्णुताको लागि उपस्थित भए पनि आपुनै तवरबाट कुनै कार्यक्रम गरिएन । दशैँबारे केही आपुना विचारहरु राखौँ कि भन्ने लागेको थियो तर भ्याइएन नै भनौ तर भाइटिकाको दिन भने तिहारको बारेमा अचानक बहस चल्यो बहसले राम्रै स्थान लियो ।
फेसबुकमा भएको बहसलाई मलेसियामा रहनुहुने नेपाली पाठकहरुसामू पनि ल्याउन मन लागेर यहाँ पनि प्रस्तुत गर्दैछु ।
भाइटिकाको दिन बिहानै आपुनो फेसबुक खोलेको थिएँ । प्रायः जुनसुकै आपुनो सिर्जनाहरुलाई मेरो फेसबुकमा ट्याग गरिदिने इजरायलकी बहिनी आशा गुरुङको तिहारको संक्षिप्त परिचय र केही संस्मरणहरु पढ्ने मौका पाएँ । आशा बहिनीसँग प्रत्यक्ष भेटघाट त के बोली पनि आदानप्रदान भएको छैन । तर पनि फेसबुकको कारण धेरै नजिक छौ । उनले तिहारको संक्षिप्त परिचय र आपुनो दाईभाइलाई भाइटिका लगाइदिएको तर यस वर्ष लगाउन नपाएको विस्मात पोखेकी थिइन् । उनको रचनामा हरेकपल्ट आपुूले सकेको उचित टिप्पणी गर्ने गर्दछु । र टिप्पणी गर्नकै लागि सस्रती अध्ययन गरेको थिएँ । तिहारको संक्षिप्त परिचय भएपनि तिहारको ऐतिहासिक पक्षलाई समेटिएको थिएन । ऐतिहासिक पक्षलाई छोपिएको अवस्थामा मेरो मन निकै बेचैन भयो र क्रमशः मेरा औलाहरु किवोर्डमाथि खेल्न थाले । उनको नोटमाथि टिप्पणी गरेपनि मेरो मन मानेन आपुनो नोटमा पनि राखिदिएँ ।
जुन नोट यस्तो थियो
आशा बहिनीको तिहारबारे केही जानकारी र आपुनो अनूभूति यस नोटभित्र पोखाइदिएपछि तिहारबारे केही आपुूलाई लागेको कुरा राख्न मन लागेको छ ।
किरातकालिन िकंवदन्तीअनुसार वलिहाङ राजा ज्यादै प्रतापि र लोकपि्रय राजा थिए । उनलाई त्रिकालदर्शीको ज्ञान थियो । तसर्थ उनी मध्यएसियामा हुने पृथ्वीको परिवर्तनअनुसार हुने कात्तिकमासको औशीको छेकमा आफ्नो मृत्यु हुने पूर्वज्ञान भयो र आफ्नो मृत्यु हुने कुरा देशवासीलाई सुनाए । तर प्रतापी र लोकपि्रय राजाको मृत्यु हुने खबरले जनता खुशी हुन सकेनन् । तसर्थ रोए कराए विलौना गरे । जनताको विलौनाबाट तागेरानिङवाभूमाङले स्थिति बुझेर बलिहाङको मृत्यु रोकिदिए । जब औंशीको कालरात्रीमा उनको मृत्यु नहुने खबर भयो तब नै जनताहरु गाउँगाउँमा शुभखबर दिन गए बलिहाङ राजा नमर्ने भए भनेर । उनीहरुलाई दानदक्षिणा चाही खबर भन्दै प्रत्येक घरघर जाँदा बाटोखर्चको रुपमा दिइएको थियो र सारा देशमा खबर पुर् याएर घर फर्कदा चेलीहरुले उनीहरुको स्वागतको लागि पुूलले स्वागत गरिएको हो ।
हाल आएर हिन्दूकरणको प्रभावमा तिनै संस्कृतिमाथि केही कुरा थपेर यमपन्चक बनाइएको छ । यमदुतसँगको कथा जोडिएको छ । कागलाई यमदुत र कुकुरलाई पहरेदारको रुपमा पुजिने लक्ष्मीपूजा गरिने गाईगोरु र भाई पुजिने कथा थोपरेर बास्तविक कथालाई मोडियो । शुभखबर दिनजानेलाई देउसीको रुपमा विकसित गरियो । खासमा देउसी रे भनिने शब्दचाही तेअङसी रे मान्यजन भगवानले भन्ने अर्थले परिमार्जित भएको हो । अनि खबर दिएर आएपछि स्वागत गरिने पक्षलाई भने भाइटिका भनेर सप्तरङ्गी दिपावली र फूलमालाको साथ मनाइन थालियो । बलिहाङ राजा बाँचेको खुशीयालीमा दीप प्रज्वलन गरिएकोलाई लक्ष्मीपूजाको दीपावली गरिन थालियो । र हाल तिहार दिदीभाईको लागि अविष्मरणीय क्षण बन्ने चाडको रुपमा मान्ने गरिएको छ । चेलीमाइतीको लागि खुशी छाउनेको चाडको रुपमा विकसित हुनु धेरै राम्रो नै पक्ष हो । तर पाँचदिने लामो तिहारको बेला एकपटक पनि यसको ऐतिहासिक पक्षलाई नखोजिनु दुर्भाग्य हो । मात्र देउसीको दीन 'बलिराजाको हुकुमले गर्दा' भनेर भट्याइएको थोरै अंशले ऐतिहासिकता झल्काउछ । तसर्थ तिहार मानौ तर ऐतिहासिक पक्षलाई पनि धेरथोर हेरिनुपर्छ भन्ने मेरो मान्यता हो ।
माथिका मेरा नोट प्रकाशित भएलगत्तै पोखराबाट हेमा गुरुङले लैक गरिन् । अनि क्रमशः टिप्पणीहरु बसर्िन थाले । जुन नोटहरु यस्ता थिए । जसलाई जस्ताको तस्तै राखेको छु ।
बलिहाङको िकंवदन्ती र हिन्दूकरणको कुरा जायज छ । यो हिन्दूकरण र खसीकरणले आदिवासीहरुको तमाम कुरालाई स्वात्तै निलेको छ । बलिहाङलाई अझै खोज्नुपर्छ । तिहार आज चेलीमाइतीको चाड मात्रै नभएर भृकृटिहरुको चाड नै भएको छ । यी भृकृटिलाई फाल्न युवा वर्ग अब जाग्नुपर्दछ । अनि अर्को कुरा के पनि हो भने अब जसो जसो बाहुनबाजे उसो उसो गर्ने जमाना छैन । डु नट टेक थिङ्स् फर ग्यारेन्टेड एण्ड कोइशन एभ्री सेक्सन एण्ड एक्टीभिटी एराउड यू ।
डा. लाल रापचा जर्मन
यसमा धेरै सत्यता रहेको मलाई पनि महसुस भयो । भन्छन् नि इतिहास पनि बाङ्गिएको हुन्छ रे… । िकंवदन्तीहरु त त्यसै बांगिने वा बंगाइने भइहाल्यो नि । नेपाल एकीकरणपूर्व नै शुरु भएको हिन्दूकरण बाहुनद्धारा लादिएको नेपालका अन्य धर्म संस्कारहर माथिको क्रान्ति थियो जस्तो लाग्छ मलाई । जसले नेपाल एकीकरणयताका र त्यसपछि भयानक रुप लिन सक्यो । फलस्वरुप नेपालमा रहेका अन्य जातजातिहरुको धर्म संस्कार र संस्कृतिहरुको नास हुन शुरु भयो । खैर त्यसपछि सुन्नुस् न सत्यको सँधै विजय हुन्छ रे जति कुरा इतिहास कथा वा िकंवदन्तीहरु बंगाइएपछि सत्य कुराको तुस त रहिरह्यो त्यो हो बलिहाङ राजा । त्यसैले देवेन्द्र खापुङ सरले राख्नुभएको माथिको बलिहाङको कथा र तिहारसम्बन्धी उहाँको मान्यतामा म पनि सहमत छु ।
गोपाल के राई खोटाङ हाल बेलायत ।
देवेन्द्र जी तपाईको नोट पढेँ । राम्रो लाग्यो । वास्तविक कुरा के हो त्यसको लागि त गहन खोज अनुसन्धान हुनुपर्छ । तपाई-मेरो कुराले मात्रले हुँदैन । इतिहासविद समाजशास्त्री अनुसन्धानकर्ताको निर्णयले मात्र हुन्छ । तर पनि तपाईले एक पक्षको कुरा तर्क राख्नु राम्रो कुरा हो । सबैको कुरा सबैले सुन्नुपढ्नु पर्छ ।
सुर्य भण्डारी पत्रकार धरान ।
तेसो त देवेन्द्रजीले पनि केही आधारहरुकै आधारमा लेख्नुभएको जस्तो लाग्छ । उहाँले राख्नुभउको विषय पक्कै पनि अनुसन्धानकर्ताहरुकै विषय हो । अब बाँकी उहाँहरुकै जिम्मामा छाडौ न हुन्न र…। ।
गोपाल के राई सूर्य भण्डारीलाई जवाफ
शतप्रतिशत ठीक हो भाई… ।
कृष्णराज खापुङ मोराहाङ तेह्रथुम हाल कतार ।
पहिलोचोटी थाहा पाउँदैछु म । यस्तो जानकारीहरुलाई जानकारहरुले प्रचारप्रसार गरेर न्याय गर्नु भएदेखि सुनमा सुगन्ध हुने थियो कि ?
शान्त तुफान हाल कतार ।
तिहारको इतिहासलाई र यसको मूल उत्पतिको बारेको चर्चा छायाँमा परिरहेको बेला तपाईको यो लेखले तिहारलाई अझ जीवन्त बनाइदिएको छ । मूर्तरुप दिएको छ । विश्वास गरौ पर्वको विकाससँगै ऐतिहासिक पक्ष पनि सँगै दोहोर् याएर लैजाऔ । तपाईप्रति आभारी छु देवेन्द्र दाई… ।
आशा गुरुङ इजरायल ।
सत्य कुरा इतिहास जित्नेहरुकै हुन्छ भन्ने कुरा धेरै हदसम्म सत्य हो । जुनबेला हामीमा त्यो व्यवस्था लादियो मोडियो हिजोको समाजवाद आज परिवारवाद भएको छ । मालेमा वा माओवाद प्रचण्डपथ भएको छ । देवेन्द्रजीले लेख्नुभएको कुरामा धेरै तुक छ । तिहार चाड नेपालीहरुसँग जोडिएको छ । अति पुरानो चाड हो । हिजो हाम्रो पूर्खाहरुले मिठो मानी खाने गाई गोरुलाई पुज्नुपर्ने यदि कि पिसाबसम्म पिउनुपर्ने स्वर्ग गइने झुठमा गाइकै पुच्छरमा प्राण त्याग गर्नुपर्ने अवस्थामा पुर् याईयो । तर दुःखको कुरा मान्छेले छोएको मान्छेले खान नहुने नीति बनाइयो । जसकारण आज धेरै नेपालीहरु आपुनो धर्म छोडेर कि्रश्चियत वौद्ध स्वगियास्त्र इत्यादि भए । तर अब चाँदनीलाई ढाकेको बादल छाटिन्दैछ । सत्य कुरा बाहिर ल्याउनु नै पर्छ । त्यो तपाई हामी सबैको कर्तव्य पनि हो ।
प्रकाश राई हङकङ सम्पादक डब्ल्यू डब्ल्यू डब्ल्यू डट मूलबाटो डटकम
त्यसैगरी यस नोटलाई बाग आज्ञामी यलुङ्चा जर्मन र परिहास सुब्बा कतारबाट पनि लाइक भएको थियो । यसै नोटमाथि आधार रहेर बेलायतका गोपाल के राई, जिवि सानोमन मलेसिया र अनेसासका केन्द्रीय महासचिव कृष्ण बजगाइँ बेल्जियम सँग पनि लामो फेसबुक च्याटवार्ता भयो । टेक्नोलोजीको ग्लोवलाइजेसनले संसारमा एकमुठीमा अटाएको बेला यस्ता बहसहरु सान्दर्भिक हुन्छन् । गरिनुपर्छ र गर्नपर्दा अहिले श्रोतसाधन धेरै नजिकबाट पाइन सकिन्छ भन्नेमाथि छलफल भएको थियो । इतिहास तोडिएको छ मोडिएको छ । लंगडो इतिहासले हामीलाई डोर् याइरहेको छ । तसर्थ समय समयमा यस्ता बहसहरु खुलेर गरिनुपर्छ भनेर टिप्पणीसहितको यस लेखलाई यहाँ प्रस्तुत गरेको हुँ ।
लाइकः फेसबुकको भाषामा मनपराइएको विषय तस्बीर भनाइलाई लाइकमा क्लिक गरिने हो ।

Sep 7, 2009

interview link

http://limbuwan1.blogspot.com/2009/09/blog-post_05.html
http://limbuwaan.blogspot.com/2009/09/blog-post.html

देवेन्द्र सुर्केलीसँगको कुराकानी

कोशी अञ्चल तेह्रथुम जिल्ला ओयाकजुङमा वि.सं. २०३८ साल फागुन महिनामा साहित्यकार देवेन्द्र सुर्केलीले यस धरतीमा पहिलो पटक आँखा खोल्नु भएको हो । विभिन्न पत्रपत्रिकाको सम्पादन साथै विभिन्न संघसंस्थमा आवद्ध रहेर क्रियासील भैरहनु भएको छ । खासगरि हाल मलेसीयामा विश्वविद्यालयको शिक्षा आर्जन गर्न जानु भएको हो । र त्यहाँ रहेर पनि साहित्य लेखनमा उनको हात निरन्तर चलिरहेको छ । त्यसैको कदर स्वरुप उनलेअन्तर्राष्ट्रिय पुरस्कार समेत पाउँन सफल हुनु भयो। उनै प्रखर साहित्यकार देवेन्द्र सुर्केलीसँग लिम्बुवान ब्लगका ब्लगर टंक सम्वाहाम्फेले कुराकानी गरेको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।
http://limbuwan1.blogspot.com/2009/09/blog-post_05.html

Feb 6, 2009

युवराज जी धेरै धेरै धन्यवाद है !



Jan 22, 2009

मेरो अन्तर्बार्ता

साहित्य र जीवन एकअर्काका परिपुरक हुन् ।-युबा साहित्यकार देबेन्द्र सुर्केली खापुङ
♣ तपाईलाई चिन्न बाँकी रहेकाहरुमाझ आफूलाई कसरी चिनाउनुहुन्छ ?सर्बप्रथम त मलाई चिन्न सक्ने कुनै पहिचान नै बनाएको छैन मैले । कुनैबेला राजनीति गरेँ त्योबेलाका साथीहरुले मलाई त्यही रुपमा चिन्छन् । पत्रकारिता पनि गरेँ र साहित्य पनि कोरेँ । अहिले मलेसियामा रहेर पनि विभिन्न संघसंस्थामा आवद्ध छु । मलेसियामा पत्रकारिताको साथ बढि चाही ग्राफिक डिजाइनर पेशा अपनाएको छु । अनि यसै वर्षदेखि मलेसियाको एक निजी कम्पनी डिजी मोवाइलमा नेपाली समाचार सम्पादन तथा वाचनसमेत गरिरहेको छु । जुन मोवाइल लाइन १ लाख भन्दा बढि नेपालीहरुले प्रयोग गर्छन् । मलेसियाबाट अपडेट हुने www.malayanepal.com मा दैनिक समाचार अपडेट गर्ने गर्छु । तसर्थ मेरो कुनै स्पष्ट चिनाउने खालको पहिचान छैन । ♣ तपाईको सिर्जनात्मक हिडाई कतातिर जाँदैछ यतिबेला ?मेरो सिर्जनात्मक हिडाइ पनि पहिचानजस्तै अस्पष्ट नै छ । साच्ची मलेसिया भित्रिएपछि सिर्जनातर्फ धेरै कम हिडाई भएको छ मेरो । बिस्तृत हेर्नु होला - http://sahityasagar.blogspot.com/2009/01/blog-post_8555.html माँ

Dec 29, 2008

धन्यवाद

डी आर निश्चल जी
धेरै धेरै धन्यवाद छ है

www.sahityasagar.blogspot.कॉम माँ प्रकाशित

ग़ज़ल

देबेन्द्र सुर्केली
आफैमा उभिएर जिउनुछ अर्वौ अर्व कान्छी
जाबो मेरो सिन्दुर लाएर किन गर्व कान्छी ।

म त भाग्य होइन तिम्रो न भविष्य तौलने
मान्छेमाथि विश्वास राख्दै किन बर्ब कान्छी ।

हुनसक्छ म पनि तिमीजस्तै पागल बनुला नै
तर यत्रो सामू फैलाउने किन पर्व कान्छी ।

सिन्दुर लायौ माइती छाड्यौ मलाई पायौ
माया हाम्रो सदा रहोस् किन लर्ब कान्छी ।

लर्ब - लर्बराउने अर्थमा बर्ब - बर्बराउने अर्थमा ।
desunone@yahoo.com

Jul 20, 2008

हरिकुमार श्रेष्ठको कृति अविरल यात्रा अध्ययन गरेपछि


हरिकुमार श्रेष्ठको कृति अविरल यात्रा अध्ययन गर्न थालेपछि मनमा यस कृतिबारे केही शब्द लेख्न हुटहुटी जाग्यो । तत्काल अनेसासले स्मारिका प्रकाशन गर्ने तयारी गरिहेको बेला र आफ्नो तर्फबाट पनि केही लेख्नैपर्ने अवस्थामा यस कृतिको बारेमा केही लेखौ कि भन्ने आशय प्रकट गरेँ- स्मारिका टिमसँग । कृति समिक्षा वा समालोचनाको खडेरी पनि परेको कारण कुनै आपत्ती त आएन तर मलेसियाका कुटनितिक नियोग सम्हालेर बसेका कैयौ देश विदेशमा समेत साहित्यिक अनुभव बटुलेका हरिकुमार श्रेष्ठको कृतिमाथि हात हाल्नु पनि धेरै अशोभनीय नै रहेको थियो -मेरो लािग । यद्यपि अध्ययन गर्दा भेटेका कुराहरु मेरो कोणको हेराई हुनसक्छन् भन्ने आँटले कलम चलाउने निधो गरेरै छाडे ।
अविरल यात्रा मुलतः संस्मरण हो । साहित्यको एक पाटो ओगटेको संस्मरणका पनि विभिन्न रुपहरु छन् । यात्रा निवन्ध नियात्रा अनुभव संगालो स्मृति आदिबाट लेखनी शुरु गरिने संस्मरणका पाटोहरु हुन् । कुनै संस्मरण यात्रासँग सम्बन्धित हुन्छन् भने कुनै अनुभव तथा स्मृतिसँग । अविरल यात्रा चाही संस्मरणभित्रका सबै रुपहरु पाइने शसक्त हस्ताक्षर हो भन्दा कुनै अतिसयोक्ति नहोला किनभने यसभित्र परेका संस्मरणमा यात्रा छ मनोवाद छ साथै भावनासँग बोलेको निबन्ध पनि छ ।
अविरल यात्रा जिन्दगीभरि गरिने यात्राको रुपमा प्रतिकको रुपमा लिन सकिन्छ । माथि नै भनियो लेखक कुटनितिक नियोगका कर्मचारी । विभिन्न देशहरुमा नियोग सम्हाल्न पुगेका उनी कैयौ देशहरुमा चहार्न पुग्दा उठेका तर्कना र नेपाल र अन्य देशलाई दाँजेर हेरिएको दृष्टिकोण नै अविरल यात्राका मुख्य विषय हुन् । न कि कुनै पैदलयात्रा वा विभिन्न देशमा घुम्न गएको Journey यात्राविवरण होइन ।
संस्मरण विधामा दुई कुरा पाइन्छ । एक लेखकले आपुूसँग भएको कुरा इमान्दारितासँग राख्नु । दुई कतिपय कुरा छिपाएर मेरो कुरा सही भन्ने ढिट कस्नु । नेपालमा पाइएका केही संस्मरणका पुस्तकहरुले कतिपय इतिहास लुकाएको र कतिपयले इतिहास बनाउन मद्दत दिएको कुराहरु छिपेको छैन । तर अविरल यात्रामा दोश्रो कुराको लेस छैन । जसका उदाहरणहरु प्रसस्त छन् -पुस्तकभित्र ।
पुस्तकबाट पाएको कुरालाई मैले यसरी मुख्य विषयबस्तु बनाएको छु ।
१। अविरल यात्रामा व्यक्तिको चित्रण र उबाट देश र जीवनले सिक्न सकिने कुरा
२। विभिन्न देशको नियम कानुनबारे आफ्नो हेराईसहित जानकारी
३। विदेशमा रहँदा देशप्रतिको मोह र देशविकासको चिन्ता
४। आफ्नै बानी Habit लाई जस्ताको तस्तै राख्न सक्षम
५। परिवारप्रतिको उत्तरदायित्व ।
जम्मा २१ वटा संस्मरण निबन्धमा मैले पाएको कुरा यति हुन् । यि भन्दा धेरै नै रहेका छन् उठान गर्नुपर्ने विषयहरु । तथापी हतार र छोटो समयमा देखेको कुरा समावेश गरेको हुँ ।
उनी कुटनितिक नियोगका कर्मचारी । त्यसैले विभिन्न देशमा कर्मचारीको रुपमा पुग्ने काम नै भयो । कुटनितिक क्षेत्रमा लागेपछि व्यक्तिसँगको चासो उसको कुटनैतिक प्रसँग कोट्याउनुपर्ने हुन्छ । त्यसैको प्रतिफल राजघाटमा राजिव लेखिनु पुग्यो । जो युवाकालमा िसंगो भारतका प्रधानमन्त्री हुन पुगेका थिए । तर राजिवको जनतासँगको ज्यादै घुलमिलका कारण युवाकालमै ज्यान गुमाउनु पर् यो । गुमाएको क्षणलाई राजघाटमा राजिवमा चित्रण गरेका छन् । त्यस्तै अविरल यात्राभित्रको अलविदा हमाल सर र कस्तो संयोग कस्तो वियोग चुडाबहादुर हमाल र कुमार ज्ञवालीको व्यक्ति चित्रण प्रस्तुत गरिएको निवन्धहरु हुन् ।
संस्मरणले दिने अर्को कुरा भनेको जुन देशमा÷ठाउँमा पुग्यो त्यही ठाउँको सटिक ढंगले जानकारी दिनु पनि हो । लेखकले एकठाउँमा लेखेका छन् - ुउनलाई पनि आफ्नो देश मंगोलिया भुपरिवेष्ठित हुनुको पीडा थियो ।ु नेपालजस्तै भुपरिवेष्ठित देशहरु विश्वमा अरु पनि छन् । उनीहरुलाई धेरै कुराको सम्झौता गर्नुपर्ने हुन्छ । हामीलाई मंगोलियाको बारेमा यो जानकारी भयो । त्यस्तै अन्य कुरा सेन्ट पिटस्रवर्गको पुनः न्वारान साइवेरिया र लारिसाबाट पनि मृत सागर कि अमृत सागर चाल पाएको मालजस्ता निवन्धबाट हामीले धेरै कुरा जान्न सक्छौ ।
लेखकले जीवनमा पहिलो चोटी गल्फ खेल्न पुग्छन् । विश्वको सबैभन्दा महँगो खेल तथा भीआईपीहरुले खेलिने खेल मानिन्छ । उनी पनि देशको प्रतिनिधित्व गर्ने भएको भीआइपीमै परे । उनले भनेका छन् -ुमैले बल गरेर हान्दा कति पनि टाढा नपुग्ने र विस्तारै हान्दा फेरि टाढा पुग्ने भएकोले मेसो नै पाइन । यसै भएन उसै भएन गोर्खालीकटले हानेको त ठाउँमै पुगेछ । प्रथम पुरस्कार नै जितियो ।ु भनेर आफ्नो देश र गोर्खालीप्रतिको बख्यान गरेका छन् । लेखक जहाँ जहाँ पुग्छन् त्यहाँ त्यहाँ नेपालसँग दाँजेको चित्रण पनि व्याख्या गर्न लायकको छ । जसले गर्दा विदेशबारे बुझ्न सजिलो पर्ने नै भयो । देशको बारेमा कति चिन्ता रहेछ भन्ने ुविदेशी छापामा स्वदेश चित्रणु हेर्दा थाहा हुन्छ । कतिपय देशमा लुटिनु परेको क्षण कतिपय देशमा अत्यन्तै माया र सहयोग पाएको क्षणहरु निर्धक्कसाथ ओकलेका छन् । आफ्नो कुरा दुरुस्त उतार्नु पनि संग्रहको अर्को सफलता हो । एउटा उद्धरणलाई यहाँ प्रस्तुत गर्दा काफी हुन्छ जस्तै -ुअग्ला अग्ला जर्मन केटीहरुले तिघ्रा देखाएर प्रदर्शन गर्ने एक्रोवेटिक कार्यक्रम भनेर उनले लोभ्याइदिएकाले हाम्रो थकाईसकाई कहाँ हरायो हरायो । छिटो छिटो तयार भएर त्यतिखेर केन्द्रमा पशिक्षण लिईरहेका विभिन्न मुलुकका प्रशिक्षार्थीहरुसँगै हामी पनि पूर्वि वर्लिनको लागि बसमा कोचिन पुग्यौ ।ु
विज्ञापनको दुनियाँ सुखद अनुभूति आदि निवन्धहरु बढि आत्मपरक रहेका छन् । त्यसमा संस्मरणभन्दा विचार बढि रहेको छ । पुस्तककै नाममा आधारित अविरल यात्राचाही मलेसियाको आएको वर्णन हो । उहिले नेपालमा मलाया भनिने मलायाको लाहुरे भएर आउने ठाउँमा उनी कुटनीतिक नियोग नै सम्हाल्न आइपुगे ।
समग्रमा यस कृतिलाई भन्नुपर्दा लेखकको सम्पूर्ण व्यक्तिविवरणकेा चित्रण हो भनेर पनि बुझ्न सकिन्छ । आमा खोजीरहेछु विशेष अन्तरङ्ग संस्मरण ले त्यो पुष्टि गराउँछ । आमा कति धन्य हुन्छिन् आमाको रुप कस्तो हुन्छ परिवारले आमालाई कस्तो माया गर्छन् भन्ने सम्पूर्ण छोराहरुको भाषा पनि बोलिदिएका छन् । माङ आमा शब्दले जनजातीय भाषाको प्रतितिधित्व समेत गरेका छन् । मा आमा आम्मा मम्मा माई आदि शब्द नेपालमा आमालाई पुकारिने शब्दहरु हुन् । किरात सम्प्रदायमा माङको अर्थ भग्वान हुन्छ । आमालाई भगवानको रुपमा हेरिने भएकोले त्यो शब्द परिपुरक छ । त्यसैगरी काली श्रीमतीलाई माया गरेर बोलाउने नाम को भूमिकालाई पनि लेखकले भुलेका छैनन् । कतिपय आपुूले नसोचेको कुराहरुमा श्रीमतीले व्यवस्थापन गरिदिएकोमा नारीको लक्षिणतामाथिको गुणगान गाएका पनि छन् ।
कतिपय शब्दहरु विदेशी भाषाका प्रयोग गरिएका पनि छन् । कतिपयलाई तत्काल अथ्र्याइएका छन् तर कतिपय भने अथ्र्याउन भ्याइएको छैन । कतिपय शब्दहरुलाई फुटनोटको आवश्यकता छ । यो चाही पुस्तक प्रकाशनको बेला नसोचिएका विषयहरु हुन् । यद्यपि यि दुईचारबाहेक पुस्तकले बोक्नुपर्ने गहनताभन्दा बढि नै जानकारीमुलक रहेको छ ।

Jul 8, 2008

कति नै पो बाँच्दो रैछ

कति नै पो बाँच्दो रैछ चोखो माया छातीभित्र
बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र ।

मन छ भनेर नै माया उतै छाडेको थेु
माया ठूलो भनेर नै जीवनसित गाभेको थेु
लाखौ विन्ती गरेकै हो पुगिनछु भाँतीभित्र
बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र ।

हृदयमा खाटा बोकी भन्दैछु म कहिले नरुनु
तिमीजस्तो म भईन तिमी कहिले म नहुनु
यस्तो पनि हुँदो रहेछ हाम्रो एउटै जातिभित्र
बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र ।

देवेन्द्र सुर्केली

Apr 11, 2008

अभिव्यक्ति

आपुू भलो त जगतै भलो
भर्खरै हो जगत वेघा पनि मलेसियाको नेपाली समुदायमा केही सकि्रय भएर लागे । व्यवसायी बने । सकि्रयताकै कारण उहाँलाई केही कार्यक्रममा डाकिए जब बोल्नको लागि माचमा बोलाइयो तब मात्र थाहा पाए कि बोल्न कति गाह्रो हुनेरहेछ ।
बोल्न त एउटा फर्मालिटि हो । फर्मालिटी पुर् याएर बोल्न धेरै गाह्रो हुन्छ ।
सुकन्या वाइवाले उहाँको श्रीमान निर्मल लामाको स्मृतिग्रन्थमा लेखेकी छिन् -श्रीमानको शोकसभामा मलाई पनि बोल्न लगाइयो बाबा ! मैले कहिले पनि माचमा उक्लेर बोलेकी थिइन । कसरी बोलौ भन्ने भईरहेको थियो । नबोलौ कि भन्दै थिएँ तर पनि बोल्नैपर्ने भयो । जब म माचमा उक्लेर बोल्न थाले मलाई आफै थाहा भएन कि कति धेरै बोले पीडा पोखाउन भाषणवाज नै हुननपर्ने रहेछ ।
एउटै हो सुकन्या वाइवा र जगत वेघाको व्यथा पनि । किनभने कार्यक्रमको लागि जगत वेघाले उपयुक्त शब्द जुटाउन सकेनन् । त्यसकारण आपुूलाई असफल सावित गर्दै माच छोडे । तर मनभरी व्यथा बोकेका जगतलाई आपुू बोल्न नसकेको पत्याउन सकेनन् । त्यही रात एउटा लेखसमेत लेखे । अनि आपुूमा रहेको जीवनका महत्वपूर्ण घटनालाई कृतिको रुपमा ल्याउने प्रतिवद्धता नै गरे ।
हुनपनि परदेशी जीवन बिताउने व्यक्तिको कथा दन्त्यकथाको पात्र झै बनेको हुन्छ जुन हामी पत्याउन सक्दैनौ । उनले आफ्नो कथा भन्न अगाडि यो कुरालाई पनि जोड दिए । भनौ न उनले भोगेको जीवन साच्चिकै भयानक छ ।
जन्म त उनको मलेसियाकै जोहोरमा भएको हो । बाबा सार्किसंह वेघा मलायाको लाहुरे थिए । हालको वि्रटिस आर्मीलाई त्यो समयमा मलायाको लाहुरे भनिन्थ्यो । पाँच भाई ४ बहिनीमध्येका जेठा छोरा रहेका जगतलाई जीवनको उत्तरार्धमा फेरि मलेसियामा आएर दुःख गर्नु पर्छ भन्ने त सॊचेका थिएनन् होला । मलायाको लाहुरे सामाजिक परिवेशमा केही उच्च वर्गमा कोरिने पेशा थियो उतिबेलै ।
पाँचथरको च्याङ्थापू स्थाई घर भएकोले मलेसियामा जन्म भएको तीन वर्षमै फेरि उही नै पुग्न पर् यो । सामान्य बाल्यकाल नै बिताउन पुगेका वेघाले च्याङथापू प्राथामिक स्कुलमा साँवा अक्षर छिचोल्न पुगे । त्यो भन्दा माथि उनी जान सकेनन् । जेठोपाको परेकोले घाँसदाउरा मेलापातलाई बढि प्राथमिकता दिनपर्ने पनि भयो अनि अर्को कुरा आर्मी परिवार परेकाले उमेर पुगेपछि पुनः आर्मीमै भर्तीको लागि प्रयास गरिने भएकोले मन उतैतिर खिचिएर जान्छ ।
उनी आर्मी त भए तर वि्रटिसको होइन । २० वर्षको उमेर इण्डिया आर्मीले उनलाई छानेर लग्यो । ५÷११ जीआर भनिने नामी गोर्खा पल्टनमा रहेर भारतको निमित्त धेरै लडाईहरु पनि लडे । त्यही आर्मीकालमा सीतामाया वेघासँग विवाह गर्न पुगे अनि २ छोरी र एक छोराको पितासमेत बने ।
१५ वर्षसम्म उनले इण्डियाको बन्दुक बोके । जसको नुन खायो उसैको कानुन त मान्नै पर् यो भन्ने त जहाँ पनि लागू हुन्छ । सबै कुरा त सम्झेर पनि साध्य हुँदैन तर केही कुरा चाही टिपाउन भ्याए -आर्मीकालका । किनभने इण्डिया आफ्नै सीमाक्षेत्र तथा आफ्नै देशभित्रका प्रान्तहरुसँग पनि लड्नुपर्ने बाध्यता भएको देश हो । उनी सम्झन्छन् -काश्मिरको हिमालमा छोडिदिन्थ्यो । अनि हेलिकोप्टर गायव हुन्थ्यो । कति दिन हिउँमा भोकै तिखै भौतारिन्थ्यौ । एकचोटी हाम्रो पल्टनको साथीको देहान्त भयो । उसलाई काँधमा बोकेर महिनौसम्म पनि हिडेका छौ । भोक लाग्थ्यो हाम्रो काँधमा रहेको सुकुटी झिकेर खान्थ्यो लासलाई नजिकै अड्याएर ।
सेवा त गर्ने नै थिए होला किनभने रोजीरोटीको पनि सवाल हुन्छ मानिससँग । तर उनी १५ वर्षमै रिटायर्ड हुन पुगे । उमेरले ३५ मात्रै काट्दै थियो । ३५ वर्ष भनेको युवाकाल नै मान्दा हुन्छ । जोस हुन्छ जाँगर हुन्छ । तसर्थ केही गर्छु भन्ने आँट लिएर उनी काठमाडौ हिडे ।
बुझेर आएको काठमाडौ पहिलो चोटी । त्यसकारण केही समस्या त आइपर्ने नै भयो । रिटायर्ड हुँदा केही पैसा आएको हुन्छ त्यो पैसा मज्जाले फसाए । दलालले खाइदियो ।
घरबाट दुवईको लागि विदावारी भएर आएका वेघालाई दलालले फसाएपछि पर्नु समस्या पर् यो त्यसकारण काठमाडौमै एक वर्ष भूमिगत जीवन बिताउन पुगे ।
१ वर्षसम्म भूमिगत भौतारिएको शरीरलाई जसरी पनि विदेश पुर् याएर लगानीलाई उठाउने तीव्र अभिलाषा मनभरी थियो । त्यसैकारण उपयुक्त मौकाको खोजीमा थिए । त्यसैबेला विजय िलंथेपको सहयोगमा आपुूसहित ५ जनाको टोलीलाई थाइल्याण्ड पठाइदियो । थाइल्याण्डबाट पुन अर्को मान्छेले मलेसिया पुर् याइदियो । अहिले सम्झन्छन् -त्यो ठाउँ पुदुराया बसपार्क रहेछ ।
त्यो वेलाको समय भनेको सन् १९९५ हो । जुनबेला मलेसियन मूलका मानिसहरुलाई नेपाली भन्ने थाहा थिए गोर्खा भनेर मात्रै चिन्थे ।
अँ उनीहरुलाई पुदुरायाबाट अर्को बस चढाएर पेराक पुर् याइयो । र ११ महिनाजति सुँगुरको कम्पनीमा काम गर्न पुगे । ११ महिनासम्ममा उनले केही भाषा सिके मलेसियाबारे जान्न पाए । त्यसपछि त्यो काम छोडिदिए र ग्लोब फ्याक्ट्रीमा काम गर्न पुगे । जहाँ ३२ जना नेपालीको संगत भयो । आपुू केही सिनियर भएकाले त्यो टोलीलाई सम्हाल्नु पनि पर् यो ।
एक्ष् न्यिदभ ँबअतयचथ नाम थयो कम्पनीको । जहाँ उनी नेपाली समूहको इन्चार्ज थिए । गोर्खा टोलीको इमान्दारीताको कारण डुब्न लागेको कम्पनी पनि बच्न पुगेको बताउछन् वेघा । त्यहाँ वंगालीहरु थिए अनि अन्य देशका । तर नेपालीहरुले सिधा आफ्नो कामप्रति मात्र इमान्दारिता देखाएको कारण अन्य देशी तथा भाषीहरुकेा आँखाको तारो बने ।
अन्य देशी र भाषीले जे पनि गर्थे होलान् तर गोर्खाली टोली मालिकको प्यारो थियो ।
उनी सम्झन्छन् -त्यो दिन १९९८ मार्च ४ को दिन थियो । पुलिसले छापा मारी बाहिर काम गर्दै गरेरका ३÷४ जना गोर्खालाई समात्यो । जुन कुरा थाहा हुनसाथ जहाँ गए पनि एकै ठाउँ भन्ने उर्दी गरे र सबैले आत्मसमर्पण गरे ।
उनीहरु जेल गए । जेलमा १४ महिना बस्न पुगे । त्यो बेलाको घटनाबारे भन्न चाही उनमा एउटा शक्ति सवार भए झै भयो । मलेसियाको जेलहरुमा धेरै नेपालीहरु थिए । उनीहरुका बेग्लाबेग्लै मुद्दाहरु थियो । तसर्थ मुद्दाअनुसार घर जाने निस्किने कार्य जारी थियो । तर उनीहरु ३२ जनाको टोली भने एउटै मालामा उनीएका थिए जता जाँदा पनि सँगै ।
आचेहका शरणार्थीहरुको बेग्लै साजाल थियो मलेसियाको जेलहरुमा । किनभने त्यतिखेरको घटनालाई हेरर यो कुरा भन्न सकिन्छ । मलेसियाभरका जेलहरुमा आचेहका जनताहरु थिए । उनीहरुको नेटवर्किङ निकै महत्वपूर्ण मान्नुपर्छ किनभने सन् १९९८ मिती सालको दिन रातको ११।४५ बजे एकै समयमा सबै जेलहरु जलाउन पुगे ।
जब जेल जल्यो जेलका सबै ढोकाहरु खुल्यो सबै कैदीहरु भाग्न थाले । के कसरी भयो भन्ने कुरा ठम्याउन नभ्याएका नेपालीहरु नतमस्तक भएर उभिरहे । कोही भाग्न प्रयत्न नगरेका पनि होइनन् । तर सबैले वेघाकै मुख हेर्थे । एउटा नेपालीले भन्यो हामी भागेर के गर्ने कहाँ जाने तसर्थ नभागौ ।
उतीखेरै जगत वेघाको मनमा एउटा आइडिया घुस्यो । सबैलाई सबै ढोकामा उभिन लगाए । जब भरै आगो मार्न यन्त्रहरु आए अफिसरहरु आए तव जगत अघि सरेर भनेछन् -महासय यहाँ सबै भागे तर हामी नेपाली भागेका छैनौ । हामी सबै ढोकामा सेन्ट्री बसेका छौ । त्यो बेला पुलिस अफिसरले गमेर हेरेको थियो केहीवेर नेपालीहरुलाई ।
तर जति भागे ती कुनै भाग्न पाएनन् । तीनचार दिनभित्र सबैलाई पक्रेर ल्याउन सफल भए । नेपालीहरुले देख्दा देख्दै कुकुरहरुले धेरै कैदी मारेको थियो रे ।
त्यो हरिविजोग देखेर कुनै नेपालीलाई बाँच्ने आशा थिएन । कुनामा बसेर रुन्थे रे जिन्दगीको तानाबाना बुन्थे रे घरपरिवार सम्झन्थे रे ! तर जगत वेघा कहिले पनि रोएनन् । उनलाई थाहा थियो मान्छेको एकदिन मरण हुन्छ । अब यतिमै लेखेको छ भने के गर्न सकिन्छ र
अँ पुनः पक्राउ गरेर ल्याईसकेपछि पुलिसले गाडीका गाडी बेतका लौरा ल्याएर राख्यो अनि बेग्ला बेग्लै देशलाई बेग्ला बेग्लै झुण्डमा बस्न आदेश भयो ।
अनि झुण्डलाई बोलाउथ्यो भएभरका पुलिसले तिनै बेतका लौराहरुले यति पिट्थे लौरो आवाज मकै भुटेको जस्तो आवाज आउँथ्यो रे । अनि धानको रासजस्तै बेहोस मान्छेहरुलाई थुपारिन्थ्यो रे । एउटा देशको झुण्डलाई त्यसरी थुपारेपछि अर्को देशको नाम पुकारिन्थ्यो । एवं प्रकारले वेहोस मान्छेको लास थुपार्ने कार्य बढ्दै गयो ।
अन्तिममा नेपालीको नाम आयो । ३२ जना नेपाली टोलीका केही सदस्य भने त्यही रोइकराई विलौना गर्न थाले । कोही अगाडि बढ्न मानेनन् । वेघा नै अगाडि बढे । ढोकामा नै एक दुई गन्दै बसुाजेल हिर्काउने गरेका पुलिसले वेघालाई कुटेनन् । अनि फेरि अर्को छिर् यो त्यसैगरी अरुलाई पनि कुटेनन् । सबै छिरेर एक झुण्ड भएर बसे अनि माथिबाट आदेश आयो त्यो वेहोस मान्छेको झुण्डलाई आआफ्नो ठाउँमा ओसार्ने । कोही कुट्दा कुट्दै मरेका कोही मर्न लागेका कोही वेहोस भएका मानिसहरु काँधमा हाल्दै ओसार्न थाले नेपाली बहादुरहरुले ।
११ बजेदेखि कुट्न थालिएको उक्त अर्धजिवितहरुलाई साढे दुई बजे भित्र बोकेर हाल्न भ्याए नेपालीहरुले ।
रगतले शरीर पूरै रातो भएको थियो कतिलाई रगतले मात्यो पनि ।
त्यसरी नै बित्दै थियो दिन । उनीहरुले मुद्दा हारे । मालिकले पुनः हाइकोर्टमा मुद्दा हाले । त्यसमा पनि हारेपछि ५ वर्षको जेलअवधी तोकियो । तर अचानक देशको नीति फेरिएको नाममा उनीहरु १४ महिनाको जेल बसाईबाट सिधै नेपाल फर्कनुपर्ने कुरा आयो ।
वेघा ३२ जना समूहको नाइके भई नै हाले । तर कोहीसँग कपडा थिएन रे थोत्रे कपडा विना जुत्ता चप्पल उनीहरु त्यहाँबाट निस्किए । उनले चाही दाहिने दाहिने जुत्ता भेटेछन् त्यो पनि औला देखिने । त्यस्तै लगाएर उनीहरु नेपालको बाटो लागे । यतिसम्म भयो रे कि थाइल्याण्डको वोर्डरमा पासपोर्टमा चप हान्न जाँदा पनि सबैले बेघालाई पच्याउने गर्थे रे ।
उनले सम्हालेर लगे जब काठमाडौ पुग्ने समय भयो तब उनले सबैलाई सम्झाएर भने -अब हामी हाम्रो देश आइपुग्यौ । हाम्रो देशमा हामी हराउँदैनौ तसर्थ हामी कसैले कसैलाई नपच्छ्याऔ । किनभने हामी टोली ज्यादै ठीटलाग्दो छ । हामी गेटछेउको एक कुनामा भेटौ ।
सबैले सहमति जनाएछन् । त्यसपछि केहीसमपछि सबैजना त्यही भेला भए । आफ्नो देश त आइपुगे तर अब के गर्ने कहाँ जाने एक पैसा छैन ।
वेघाका आफन्तहरु त थिए ललितपुरमा । त्यो त्यस्तो अवस्थामा जान चाहेनन् । बौद्ध भन्ने ठाउँमा गए जहाँ एउटा साथी थियो । उनैको सहयोगमा आपुूले आफन्तलाई राख्न दिएको ४० हजार पैसा दिलाईमागे । पैसा पाए । अनि साथीहरु सबैलाई एकसरो कपडा फेराईदिएँ होटलमा खाना खुवाए । लामोसमयसम्म त्यसरी खान नपाएका साथीहरु विरामीसमेत परे ।
अनि सबैलाई घरघरसम्म पुग्ने पैसा दिएर छुट्टिए । जुनबेला उनको साथमा ११५० रुपैया बचेको थियो ।
घरमा आमाको देहान्त भएको थियो त्योबेला । श्रीमानको अत्तोपत्तो नभएर श्रीमती पनि थला परेकी थिइन् । उनी घर गए बाटोबाटै आमाको काजकि्रयाको लागि आवश्यक संस्कार पूरा गरे । घरमा पुग्दा श्रीमती सिकिस्त छिमेक सबैले फलफूलले घेरेर राखेको । जुनबेलाको दर्दनाक दृश्यले उनलाई निकै पिरोलेको बताउँछन् ।
उनको आगमन श्रीमतीको औषधीबराबर भयो क्यार ! निको हुँदै आईन् । जिन्दगीले जति दुःख पाएपनि दुःख नसकिने रहेछ । विदेशमा भोगेर गएका थिए तर पनि कुनै ठोस आधार नभएपछि उनी फेरि विदेशकै चक्कर लाउन थाले । उनले साथीहरुलाई विदेश पठाउनको लागि प्रोसेस गरिदिने कार्यमा लागे । तर अन्तर्वार्ता दिन आएको बोसले उनका साथीहरु होइन उनलाई चाही छाने । तसर्थ कुनै खबर नै नगरीकन उनी पुनः मलेसिया आइपुगे ।
उनी भन्छन् -अवीन कम्पनीको लागि आएको तर त्यहाँ रहेका नेपाली इन्चार्जले धेरै नै खत्तम पारेको थियो । तसर्थ चाडै नै घर फर्कने मनस्थिति बनाए । एकचोटी बोसलाई नै भेटौ भन्ने मनसायले उनी बोसकहाँ पुगे । उनी हक्कि स्वभावका पनि त्यसैले बोसकै अगाडि नेपाली इन्चार्ज त्रिलोक मास्केसँग उनको टेवुलवार्ता भयो । बोसले यथार्थ बुझे त्रिलोकलाई हटाएर उसको ठाउँमा वेघालाई पदोन्नती गरे ।
उनीसँगै हाकिम श्रेष्ठहरु पनि इन्चार्ज भए । उनीहरुको कार्यकुशलताले नै उक्त कम्पनी धेरै माथि पुग्न सफल भयो भन्ने दावी पनि गर्छन् । हाल उनको अण्डरमा २०० जना गोर्खा फोस्र रहेको छ । केएल एरियादेखि जोहोर पेनाङसम्म पनि फैलिएको छ । यसबिचमा पैसा पनि निकै कमाएका छन् । अनि साइनो रेष्टुरेन्ट पनि साचालन गर्न पुगेका छन् । संघसंस्थातिर हात हालेका छन् । अब मेरो जिन्दगीको महत्वपूर्ण घटनालाई डायरीको रुपमा उतार्नेछु र पुस्तकको रुपमा एकाकार गर्नेछु ।
वास्तवमै यो पंक्तिकारसँग उनी निरन्तर डेढ घण्टासम्म बोले । धॆरै लामो जिन्दगीको कथालाई एकघण्टा भित्र छोटकरी बोलीसक्ने बाचासहित टेवलमा बसेको तर डेढ घण्टाको निरन्तर बोलाइमा पनि सकिएन । बिचमै यो पनि भन्न पुगे कि -बोल्नको लागि व्यक्तिको जीवनसँग मेल खाने विषय हुनुपर्छ त्यसो हुन पुग्यो भने उसको बोलाई धेरै सार्थक हुन्छ ।
शतप्रतिशत ठीक हो उनको कुरा । किनभने व्यक्तिको लगावअनुसार नै व्यक्तिले कुनै विषयमा ज्ञान हासिल गरिरहेको हुन्छ र त्यही विषय पढाउनको लागि शिक्षण संस्थामा आव्हान गरिन्छ ।
हिड्नेबेलामा सोधियो -त्यो ३२ जनाकेा समुहले सम्झन्छन् कि सम्झदैनन् त
उनी भन्छन् -होइन खोज्छन् । काठमाडौतिर आएर कोही लिम्बूहरुसँग चिनापर्ची भयो कि सोधीखोजी गर्छन् रे । भर्खरै एउटाले पत्तो पाएछ दुवईबाट फोन गरेको थियो ।

Apr 4, 2008

संगतगुनाको फल

जब जाँडरक्सी अम्मल छोड भन्दा युवाहरु भन्छन् -ुबाउबाजेले खाइल्याएको कसरी छोड्न सकिन्छ ु ठीकै छ बाउबाजेको मानिल्याएको र खाइल्याएको हो भने । तर बाउबाजेले बजाई ल्याएको बाजचाही किन अलपत्र किन मादल खैजडीको ठाउँमा ड्रम र गीतारहरु ।
रात निकै छिप्पिसकेको थियो । मलेसियाको शान्त रात्रीको समयमा क्रमश च्याटिङ गर्ने क्रममा रुबेन पुनले अनायस यी शब्द फुत्काए । खाँदा खाँदै गाँस हातैमा अड्किने र बग्दाबग्दैको खोला अचानक रोकिएजस्तै किवोर्डमा पुगेको औंलाहरु एकछिन रोकिए । सुस्तरी सुस्तरी उक्त भनाईलाई माथिबाट पढँे तलबाट पढेँ । चारैतिरबाट पढेँ । अकाट्य वाणी झै लाग्ने यि शब्दभित्रका रुबेन पुन यतै कतै रोइरहेजस्तो लाग्यो ।
उनीसँगको वार्ता त्यतिले पुगेन । र फेरि फेरि पनि हुन थाल्यो च्याटिङ । त्यसमा उनी साहित्य र संगीत भनेपछि हुरुक्कै हुने । त्यो सम्बन्धी चर्चा चलायो कि कान ठाडा ठाडा पारेर उत्सुकता जनाइहाल्थे । उनको यथार्थता बुझेर नै हाम्रो च्याटिङहरुमा उनै गीत संगीत र साहित्यको कुरा हुन्थ्यो । हुँदा हुँदा कुराकानीको लामै फेहरिस्त बनिसकेछ । च्याटिङ गरेको कुरालाई सेभ गरेर अध्ययन गर्दा पत्ता लाग्यो ।
अनि कुराकानीकै क्रममा रुबेनलाई एउटा अनुरोध पत्र पठाएँ तपाईको जीवनकहानी अभिव्यक्तिमा राख्नुपर्छ है ।
उनी डराए किनभने उनी एउटा राम्रो पाठक । उनी बारम्बार भन्दै रहे म पाठक हुँ पढ्दैछु । मलाई पढ्नेबेला भएको छैन ।
व्यक्तिलाई पढ्नको लागि भोटो फटाउनु भन्ने छैन । कुनै गतिलो फड्को मार्नु भन्ने छैन । संघर्षका कथाहरु हुन यहाँ लेखिने । चाहे उसले सफलता पाओस् या असफलता । आखिर उनले माने पनि नमाने पनि उनका जीवनका महत्वपूर्ण घटनाहरु च्याटिङका पानाहरुमा सुरक्षित भइसकेको थिए । अन्तमा उनी हारे आफूलाई झुकाए र भने - सर केही केही मिलाएर लेखिदिनुहोला ।
भनौ न उनी अभिव्यक्तिको कठाघरामा उभिए र भन्ने थाले -मेरो जन्म पहाडी जिल्ला बाग्लुङको तंग्राम ९ फापरखेतमा बुबा कर्णबहादुर पुन र आमा मनकुमारी पुनको कोखबाट २० असार २०३ वि।स। मा भएको हो । मेरो दुई भाई र दुई बहिनी छन् । मेरो परिवार धेरै दुःखदायी भएर बितेको छ । पढाई श्री भूमि प्रावि फापरखेतबाट शुरु गरी श्री जनप्रेम मावि अमरभूमि भुसकोटबाट निमावी र अमर उच्च मावि विहु देउरालीबाट माविस्तरको अध्ययन पूरा गरेको हुँ ।
कुराकानीमा यी तथ्यहरु नगण्य रुपमा आउँछन् । बढि कुराकानी त एकैचोटी लक्ष्यतिर अग्रसर हुँदाको क्षण र विस्रनै नसकिने घटनाबाट शुरु हुने गर्छ । मैले उनीसँग च्याटमा नसमेटिएको कुरालाई टिपोट गरिहेको थियो । तसर्थ उनी पनि एकोहोरो आफ्नो कुरा राख्नमै तल्लिन हुँदै गए ।
ुवास्तवमा साहित्य र संगीतको कुरा नेपालमा त्यस्तो केही सोचेको थिइन । तर अरुको फुटकार सिर्जनाहरु पढ्ने गर्थे । विषेशगरी युवामाचमा त्यो पनि कहिलेकाँही सदरमुकाम जाँदा पुस्तकहरु किनेर ल्याउने गर्दा दोहोर् याई तेहर् याई पढ्ने गर्थे कथा कविता र जानकारीमुलक लेख साथै राजनीतिक गतिविधिसमेत नछुटाई पढ्ने बानी थियो । त्यही बानीको कारण नै म यसरी हाजिर हुनुपरेको होला ।
हरेक नेपालीहरुको आ-आफ्नै कथाहरु हुन्छन् । तपाईले लेखिरहनुभएको छ विभिन्न व्यक्तिका कथाहरु । कोही प्रतिभाले गर्दा अगाडि आएका छन् कोही लगनशीलताले गर्दा । मेरा पनि केही तीता घटनाहरु छन् । केही मिठा पनि छन् । म चाही सिर्जनशील पनि हुन सकेको छूइन र लगनशील पनि ।
भन्नुहोला मेरो सिर्जना र लगनशीलता नै काफी हो । तर होइन जति मानिसहरु लक्ष्यमा पुग्न कोशिष गर्छन् संघर्ष गर्छन् । मैले त्यति गर्न कसैगरी सकेको छैन । उठ्छु नित्यकर्म गर्छु डिउटी गर्छु पत्रपत्रिका पढ्छु अनि केही सिर्जनशील बन्न खोज्छु । गर्नैपर्छ भनेर रात विताएको छैन ।
अँ म जन्मेको आठमहिनामा म पूरै जले अरे । जसले गर्दा मेरो शरीर अङ्गभङ्गजस्तै छ । तर मलेसियामा रहेको तमाम मेरा साथी शुभचिन्तकहरुले मलाई सग्लो देखेका छन् । यो कपडाले मेरो वास्तविक तस्वीरलाई छेकेको छ । त्यतिमात्र नै भनुँ अहिलेलाई किनभने अब मैले केही ठाउँ पाएको छु मेरो वास्तविक कथाहरुलाई विभिन्न साचारमाध्यमबाट अवश्य ल्याउनेछु ।
हाम्रो जीवनशैली पनि आफ्नै प्रकारको छ । सकेसम्म पढन् र केही बनुन् भन्ने त अविभावकको इच्छा हुन्छ नै । तर पढ्नै सकिएन भने परदेशतिर लाग्नु वरालिनु पनि नैसर्गिक अधिकारजस्तै बनेको छ -युवाकालमा । फलामे गेटको रुपमा उभिएको एसएलसीमा वास्तविक ताल्चा लागेपछि उनले पनि आफ्नै पारामा रल्लिन शुरु गरेछन् ।
उनी भन्दै जान्छन् -त्यो समयसम्म कुनै कृयाकलाप गरिएन । १७ वर्षको उमेरसम्म स्कुलमै हल्लियो अनि विस्तारै कमाउनु पो पर्छ भन्ने मनमा आयो र इण्डियातिर हान्निएँ । पाजाब भन्ने प्रान्तमा पुगेर ३ वर्षसम्म नोकरी गरियो । आइसी ६०० देखि २००० सम्म तलब खाने पनि भइयो । तर जति कमाए पनि म अम्मलमा भुलिसकेको थिए । तसर्थ सम्पूर्ण कमाई अम्मलीमै सकियो ।
आपुूलाई थाहा हुन्छ खान हुन्न भन्ने । तर पनि खाइ नै हालिने यो रक्सीको जातै यस्तो । निर्दोष रक्सीमाथि दोष थुपार्ने मान्छेको नियती हुन्छ । उनले पनि रक्सीलाई दोष दिदै पिइरहे त्यो समयमा । पिउँदा पिउँदैको क्षणमा जब उनलाई भावनाले जित्दै लग्यो सिर्जनाहरु सिर्जित हुँदै गए विस्तारै आफूले आफैलाई जित्दै लान थाले ।
भावनामा डुब्ने मान्छे प्रेमिल त बन्ने भए । उनले प्रेम पनि गरे । विवाहसम्म पुगेको थियो उक्त प्रेम तर अहिले कस्तो छ भन्न उनले हिच्किचाए । यो त मलाई मात्र सुटुक्कै भन्ने रे ।
भविश्य निर्धारण भएको थिएन के गर्ने कसो गर्ने भनेर । अहिले प्रत्येक नेपालीहरुको एटा घरबाट सकेसम्म सक्नेजति सबै नत्र एक दुईजना विदेशमै छन् । रुबेनले पनि १७ वर्षको उमेरमै परदेश टेकेर अनुभवी भई सकेका थिए । तसर्थ सोचे -परदेशी जीवनमै यापन गर्ने भए किन विदेश नजाने त
तसर्थ २००२ मा मलेसिया आईपुगे हिनगेट -एम एसडीएन विएचडीमा ।
पहिलो कुरो त विदेशमा कमाउँला । घर बनाउँला । सुखसयको जिन्दगी जिउँला भन्ने नै सोचिएको हुन्छ । तर रातभरी देखिएको सपना बिहान भालेको डाकमा समाप्त हुन्छ भनेर पत्रकार अनुशील श्रेष्ठले धेरै अघि नै एउटा कवितामार्फत बोलेका थिए । उनको पनि त्यस्तै भयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट देखेको सपना क्लालालम्पूर अन्तर्राष्टिय विमानस्थलमा तुहियो ।
मगरात क्षेत्रको एउटा मगर गाउँमा मगर परिवेशमा हुर्कदै आएको एउटा ठिटो लागि विदेशमा सम्पूर्ण मुलुकवासी नै साथी संगी हुन पुगे । त्यही साथीहरुको लर्कोमा पूर्वतिरबाट आएको युवा सुमन राईसँग घनिष्टता बढाए ।
शुरुमा सुमनलाई एउटा कम्पनीमा सँगै काम गर्ने साथीको रुपमा हेरेका थिए उनले । तर सुमन आफैमा एउटा संघर्षशील युवा थिए । राम्रा प्रतिभा थिए । उनै सुमनको साथले उनको भावुकपना हलुका हुन थाल्यो । उनी पनि सिर्जनामा तल्लिन हुन थाले । अध्ययनशील हुन थाले ।
आपुूलाई लेखे आपुूलाई सिर्जनामा ढाले आपुूलाई संगीतमा ढाले ।
उनी भन्छन् -सुमन त मेरो दाजुजस्तै हो । उनैको कारण सिर्जनामा आए । उनैको कारण मेरो सिर्जनाले ठाउँ पायो । र उनैको कारण मैले केही स्टेजहरुमा मौका पनि पाएको छु ।
खार्न पनि मज्जाले नै खारेकेा मान्नुपर्छ आपुूलाई । विगत एक डेढ वर्ष त भयो मलेसियामा नेपालीहरुले राम्रो स्थान बनाउने रोजगारीको लागि आएपनि आफ्नो लक्ष्य निर्धारण गर्ने शुरुवात भएको । त्यहीमाथि संगत राम्रो भयो भने छिटै माथि पनि आइने रहेछ भन्ने पनि बुझे । मगर समुदायको कुल भएकेा कारण त्यसमा आवद्ध भए । यही वर्ष नै मगर संघले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको संयोजन गर्न भ्याए । मगर संघबाट प्रकाशित हुने लाङ्घाली आवाजमा महत्वपूर्ण जिम्मेवारी पनि लिन भ्याए । अनि अन्तर्राष्टिय नेपाली साहित्य समाज मलेसिया च्याप्टरको सहसचिवसम्म पुग्न सफल भए । त्यतिमात्र होइन उनीसँग आफ्नै मिठास स्वर पनि छ । उनले नेपाल तमू समाज मलेसियाले आयोजना गरेको कार्यक्रममा गीत गाएर त्यो स्वरलाई सार्वजानिक पनि गरे आफ्नै रचना तथा संगीतमा । र चाडै आउन लागेको सुमन राई मेरो विन्ति एल्बममा रचना एकाकार भएर आउने कुरा पनि खुलासा गरे ।
अहिले उनमा धेरै समस्याहरु चाङका चाङ भएर रहेका छन् । यसको मतलव उनको खुबीलाई जाँच्ने कसीको रुपमा । मलेसियामा विभिन्न संघसंस्थाहरु छन् । प्रत्येक संस्थाको कार्यक्रमहरुको निम्तोलाई स्वीकार्नु पर्छ छलफलमा भाग लिनुपर्छ । अनि आफ्ना विचारहरुलाई पत्रपत्रिकामा सार्वजानिक पनि गर्नुपर्छ । त्यसैले होला राजनैतिक सामाजिक भाषिक र जातीय सवालहरुमा उनको आफ्नो मत जाहेर गर्छन आफ्नै ढंगबाट ।
र भन्छन् -भविश्य के हुन्छ थाहा छैन । तर म साहित्य र संगीतको पारखी हुन चाहन्छु ।

Mar 20, 2008

बल्ल बन्यो लक्ष्य


नेपाल हाउस कोतारायाको जालान सिलाङमा खोलिएपछि नेपाली रेष्टुरेन्ट तथा पसलहरुको ओइरो लाग्यो उही जालान सिलाङमा । पहिले पहिले बंगालीहरुको भीड लाग्ने उक्त ठाउँमा पछि नेपालीहरुले भराए । अझै पनि उक्त ठाउँमा नेपालीहरुको ठूलो हटियाजस्तै लाग्छ -प्रत्येक आइतबार ।
पछि नेपाल हाउसले सिर्जना गरेको सानो बजारलाई जालान सिलाङले धानेन । पुदुराया चाइना टाउन सेन्ट्रल मार्केट र मस्जिद जमेकभित्रको चारकिल्ला नेपाली बजारको रुपमा खिचियो । उही जालान सिलाङको भीडभित्र खुम्चिएको नेपाली बजारको चर्चित रेमिट्यान्स आइएमई जालान मेडान पासारमा सरेपछि नेपाली बजार विस्तारै उतैतिर मोडिन पुग्यो । प्रारम्भमा साइनो रेष्टुरेष्ट र चौतारी रेष्टुरेन्टले धानेको उक्त जालानमा विस्तारै हाम्रो रेष्टुरेन्ट तथा हिमाल रेमिट अनि प्रभु रेमिटको अभ्युदय हुँदै गयो ।
समय बग्दै बग्दै जानेरहेछ । जहाँ रहेपनि नेपालीहरुले आफ्नो रितिथिति नबिस्रने परम्परा भएर नै होला जालान सिलाङमै रहेको हाम्रो रेष्टुरेन्ट उक्त ठाउँमा पनि शाखा खोल्न पुग्यो । नेपाली रेष्टुरेन्टमा पाइने खुराकहरुभन्दा अलि बढि थपेर ।
एकतामा नेपालमा धेरैभन्दा धेरै चलेको दोहोरी रेष्टुरेन्ट तथा अहिले क्यासेट तथा भिसिडिमा गुाजने दोहोरीमा नेपालीहरु रमाउन खुब चाहान्छन् । प्रत्येक रेष्टुरेन्ट तथा पसलहरुमा उक्त गीतहरु गुिाजएको पाइन्छ । त्यही कुरालाई मध्यनजर गरेर हाम्रो रेष्टुरेन्टले खानापिनाको साथमा दोहोरी थपरेर रेष्टुरेन्टलाई आकर्षक बनायो र अहिले सकेसम्म प्रत्येक नेपालीहरुलाई आफ्नो थकान मेटाउनमा लागिपरेको छ ।
हुनपनि प्रत्येक आइतबार उक्त रेष्टुरेन्टमा भीडभाड लागिरहन्छ । कुनै आकर्षक विज्ञापनविनाको त्यत्रो तामझाम देख्दा नेपालीहरु दोहोरी रेष्टुरेन्टमा मनोराजन लिन उत्सुक रहेछन् भन्ने भान हुनजान्छ ।
त्यसमा पनि बेला बेलामा कसिलो स्वर बोकेर सम्पूर्ण जोकोहीलाई दर्शक तथा ग्राहकलाई प्रभाव पार्न सक्ने युवा आपुूप्रति ध्यान खिचाउँछन् ।
युवा छन् प्रतिभाशाली छन् । आफ्नो कलाप्रति ग्राहकप्रति समर्पित पनि छन् । स्टेजबाट तल झरेर आपुूभन्दा मान्नुपर्ने व्यक्तिको आदारमा तल्लिन रहने युक्त युवाप्रति यस पंक्तिकारको ध्यान मज्जैले खिचियो ।
र नजिक भएको मौका छोपेर सोधिहाल्यो -भाइको नाम
उनले हलुका हाँसेर भने -सन्तोष लामा ।
घर -काभ्रे -३ ।
धुलिखेलदेखि कति टाढा -छिमेकी नगरपालिका हो धुलिखेल । काभ्रे गाविस वरिपरि धुलिखेलको साथै बडाल गाउँ पात्लेखोला डाँडागाउँ छ ।
यतिले मात्र सकिएन उनको परिचय खोतलखातल नै पारियो । कान्छा लामा र माइली लामाको कोखबाट वि।सं।२०४२ साउनमा जन्मिएका सन्तोष लामा भर्खर २२ वर्षमात्र पुग्दैछन् । तर उनको उनको उमेर र उनको जीवनसंघर्षलाई दुईतिर राखेर जोख्दा संघर्षले नै जित्ने रहेछ ।
अहिले उनको पढाईलाई पूरा गर्ने उमेर अनि भविश्य कतातिर मोड्ने भनेर सोच्ने उमेरमै किन यस्तो उत्तर सहजै छ नेपालको परिस्थिति । कम विकास अशिक्षा गरिबी यस्तै यस्तै ।
यतातिर नजाउँ ।
उनले गाउँकै सिाजवनी हाइयर सेकेण्डरी स्कुलमा शुरु गरी एसएलसीसम्म टेक्न पाए । अध्ययनलाई त्यहाँभन्दा माथि उठाउन पाएनन् । त्यो बीचमा उनी सिर्जनशील भएर आफ्नो परिचय दिन चाही भ्याईसकेका थिए ।
सर्वप्रथम २०५६ सालमा आफ्नै स्कूलको स्वर्णजयन्तीमा गीत गाएर आफ्ना साथी तथा गुरु गुरुआमाको प्यारो बनेको थिए । अनि आकर्षक शरीरका धनी भएका कारण उनमा फुर्तीपना पनि थियो । त्यसैले जुनसुकै खेलमा पनि अग्रसर थिए । स्कुलमा राम्रो फुटवल तथा भलिवल खेल्ने गर्थे । यति हुँदा हुँदै पनि उनमा गाउँने राम्रो गायक बन्ने इच्छाले जितेछ । यसमा विशेषगरी आपुूलाई पढाउने माजु मिसको हात छ भन्नुहुन्छ । उहाँको धेरै नै हौसला मिलेको रहेछ ।
अहिलेको नेपाल परिवर्तनको संघारमा छ । गाउँगाउँबाट युवा शक्ति जुर्मराएर उठेको छ । भित्ते पत्रिका क्लब गैरसरकारी संस्था यसका सहायकहरु हुन् । उनको गाउँमा पनि त्यो कुरा पुग्यो । उनी लगायत उनका साथीहरुको माझबाट नवज्योती युवा क्लवको स्थापना भयो । उक्त क्लबले गाउँस्तरी खेलको आयोजना गर्ने देउसी खेल्ने सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गाउँविकासको कार्यमा हात हाल्ने इत्यादी गर्न थाल्यो ।
युवाकालमै हासखेल हुन्छ । र भेटघाट हुन्छ आफ्नै दौतरीहरुसँग । उनले पनि स्कुलपढ्ताकै लक्ष्मी लामासँग प्रेम गर्न भ्याए र उक्त प्रेमलाई वि।सं। २०६९ सालमा मुर्त रुप दिनसमेत भ्याए । हाल उनीहरुको एउटा छोरा पनि छ -साजन ।
छिटो पो गरियो कि विवाह भनेर पनि भन्छन् । तर घरमा छोरीचेली र घरायसी काम गर्ने मान्छेको अभाव भएको कारण उक्त विवाह गर्न पुगेको भनेर फुर्को जोड्छन् । हुनपनि कुनै युवायुवतीले बहाना बनाएर विवाह गरेका हुन्छन् । ुके तपाईको श्रीमतीले छोरीको अभाव पूरा गरिन् के श्रीमतीले घरायसी काममा त्यत्रो फड्का नै मारिन् ु प्रश्नमा उनी फिस्स हाँस्छन् र मनबाटै भन्छन् -हाम्रो प्रेमले थाम्नै सकेन र छिट्टै एकार्कामा लिन हुन पुग्यौ ।
क्लवमा लगानी गरेको परिश्रम र प्रेमबाट उब्जिएको जीवनको संघर्षले उनलाई विस्तारै जीवन सिकाउँदै लग्यो । पढ्दै गरेको जोडीले विवाहवन्धनमा बाधिएपछि फेरि पढ्ने कुरा पनि आएन । विवाहपछि स्कुल जान लाज मान्ने नेपालीहरुको परम्परा उस्तै । त्यसैले उनको सपनाहरु निश्चित भएन । जताबाट ठूलो हावा आउँछ उतैतिर बहन थाले ।
उसैबेला धुलिखेल बजारमा लामा फास्टफुडमा पनि कुक गर्न भ्याए । गाउँमा चल्ने मेलापातहरुमा पर्म गर्न पनि भ्याए । अनि सहरतिर झरेर केही गर्नु पर्छ होला भनेर सोच्न पनि भ्याए । काठमाडौ झरेर भायाङ दोहोरी रेष्टुरेन्टमा तीन महिना गाउन पनि भ्याए । यतिकुरा भ्याउनुमात्र के थियो उनको आफ्नै मामाले प्रोसेस गरेका रहेछन् -विदेश जाने । तसर्थ सबै कुरालाई थाँती राखेर उनी मलेसिया आइपुगे सन् २००५ मा ।
क्वालालम्पूरको पिजेस्थीत माइस्टील कम्पनीमा कार्यरत सन्तोष कम्पनीसँग सन्तुष्ट छन् । मलेसियाबाट हप्तैपिच्छे प्रकाशित हुने समाचारहरुमा प्रकाशित हुने लुटिएको कुटिएको तलब नदिएको कम पाएको निकालिएको जस्तो समाचार बनेको छैन उनको कम्पनी । ठूलो कम्पनी हो । ६० जनाजति नेपालीहरु छन् । प्रत्येक मेसमा विदेशीहरुसँग छासमिस तरिकाले राखिएको छ तसर्थ सबैसँग घुलमिल हुने भाषा सिक्ने अवसरहरु प्रसस्त पाएका छन् उनले ।
कोतारायाको नेपाली बजार आइरहने पूर्वपश्चिमका नेपालीहरुसँग संगत बढाउने उनको कार्य जारी भयो पछिल्लो चरणमा । उक्त चरणले उनको भविष्यको निश्चित खाका कोरियो किनभने हाम्रो रेष्टुरेन्टकी साचालिका शान्ति थापाले उनलाई आफ्नो रेष्टुरेन्टमा गाउनको निम्ति अनुरोध गरे ।
प्रत्येक आइतबार गाउनको अलावा नेपाल तमू समाजको च्यू ल्होछार कार्यक्रममा गाउन पनि भ्याए । त्यो नै उनको मलेसियाको प्रथम स्टेज गायनयात्रा बन्यो । लगत्तै प्रवासी तामाङ एकता समाजले आयोजना गरेको ल्होछार कार्यक्रम र रावाङमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा आफ्नो कलालाई निखार्ने मौका पाए ।
उनी कम्पनीका राम्रो मेकानिक । तर उनको लक्ष्य छ राम्रो गायक बन्ने । कारण एउटै हो -यदि नेपालमा यस्ता कम्पनीहरु छैनन् । यदि अहिलेको परिवर्तनकारी नेपालले भोली त्यस्ता कम्पनीहरुको खोल्यो र सबै आफ्ना देशका युवाहरु जो विदेशमा राम्रो राम्रो मेसिन चलाउन सक्छन् लाई बोलायो भने गायन कि काम रोज्ने भन्ने प्रश्न राख्दा उनी भन्छन् -म काम गर्न जान्छु साँझविहान कुनैबेला आफ्नो रुचिलाई पनि अगाडि बढाउँछु । किनभने एकोहोरो काम र एउटा सिर्जनालाई अगाडि बढाएर लान सकिन्छ ।
तसर्थ उनी आफ्नो सपनामा अडिग मान्छे । अडिग हुनकै निमित्त उनले आफ्नो पहिलो एल्बम मलेसियामै संगीत रेकर्ड तथा मलेसियाकै सर्जकहरुले रचना गरेको गीतहरुको संगालो ल्याउन लागेका छन् -विवशता ।
जसलाई तारा ढुंगेल र शीव विकले संगीत गरेका छन् भने सरोज लामा समीर लामा बुद्धिबहादुर तामाङ र ज्ञानेन्द्र नेम्बाङको रचना रहेको छ । संगीतको राग सिकेको छ कि छैन उनी केही ट्वाल्ल पर्छन् र भन्छन् -सिकेको छैन अहिलेसम्म । तर पनि गर्न सक्छु भन्ने आँट भने छ ।
संगीत सिक्नको निमित्त पनि एउटा उमेर चाहिन्छ । निश्चित उमेरभित्र नसिके कला भएर पनि निखारता ल्याउन सकिदैन भनेर संगीतज्ञहरुले बताएका छन् । तर उनी सचेत छन् । उनी सारेगमापधनिसा अलाप्दैनन् । तर पनि आधुनिक गीतहरुलाई साँझबिहान गाएर रियाज गरिरहेका रहेछन् । यो पनि एउटा साधना हो । सिकाई हो ।
अनि तिनै सिकेको कुरालाई प्रत्येक आइतबार हाम्रो रेष्टुरेन्टको डबलीबाट हुँकार छाड्छन् -गायनको माध्यमबाट । उनलाई साध दिन्छन् -एचएससी व्याण्डका सुवोध मल्ला प्रकाश कमला शकुन्तलाहरुले । उनी पुनः मच्चि मच्चि राजेश पायल राई तथा अन्य आधुनिक गायकका गीतहरु गाइरहन्छन् ।